बागमती प्रदेश: नेता लामाविरुद्धको अविश्वास प्रस्ताव पारित
काठमाडाैं | साउन १३, २०८२
हेटौडा: बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।
आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।
यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।
दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो। अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

